मौरिसससँग दुवै खेलमा उपलब्ध हुनेछन् यी खेलाडी

मौरिसससँग दुवै खेलमा उपलब्ध हुनेछन् यी खेलाडी



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले १५ र १८ माघमा मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलमा लागि दुई टोली घोषणा गर्दै प्रारम्भिक छनोटमा आएका ३४ खेलाडी नै टोलीमा समावेश गरेका छन् । यस क्रममा उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान बनाएका नौ खेलाडीलाई नै राष्ट्रिय टोलीमा समावेश गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले जावलाखेल युथबाट खेल्दै आएका गोलरक्षक टिकेन्द्र थापा, नेपाल पुलिसबाट खेलेका गोलरक्षक शत्रुघन चौधरीसहित सातदोबाटोबाट खेलिरहेका मिडफिल्डरहरू सुदीप गुरुङ, आकाश बुढा मगर, सुशील राई र फरवार्ड प्रशान्त अवस्थीलाई टोलीमा समेटेका हुन् ।

यस्तै न्यरोड टिम एनआरटीका रक्षक नविन गुरुङ र फरवार्ड कृतिश रत्न छुन्जुले टोलीमा स्थान बनाउँदा च्यासलका मिडफिल्डर आशिष राईले टोलीमा स्थान पाए । यी नौ खेलाडीलाई भने प्रशिक्षक अब्दुल्लाहले दुवै टोलीमा समावेश गराएका छन् । प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई राष्ट्रिय टोलीमा पुनरागमन गराएका छन् ।

पुनरागमन गरेकामा विमल घर्ती मगर र देवेन्द्र तामाङले मात्र दुवै टोलीमा स्थान पाएका छन् । यता, चोटका कारण स्वास्थ्य लाभ गर्ने प्रयासमा रहेका अनन्त तामाङ भने एक मात्र टिममा छन् । दुवै टोलीमा १२ खेलाडीले स्थान पाएका छन् । जसमा कप्तान किरणदेखि अन्जन विष्ट र विमल घर्तीमगर छन् ।

पहिलो खेलको टिमः
गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा
डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी,
मिडफिल्डरः सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, जगजित श्रेष्ठ अन्जन बिष्ट, सुनिल बल, नितीन थापा, आकाश बुढा मगर
स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, कृतिश रत्न छुन्जु, आशिष लामा,

दोस्रो खेलको टिमः
गोलरक्षकः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी
डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, अनन्त तामाङ, नविन गुरुङ,
मिडफिल्डरः सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा, आशिस राई, एरिक विष्ट, सन्तोष तामाङ
स्ट्राइकरः विमल घर्ति मगर, सुशिल राई, प्रशान्त अवस्थी,

दुवै टोलीमा परेका खेलाडीः
गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान)
डिफेण्डरः गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डरः सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी
फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, आशिष लामा

मतदान गर्न

बाँकी