नेप्से परिसूचक २८ सयमुनि, सबै उपसमूह घटे

नेप्से परिसूचक २८ सयमुनि, सबै उपसमूह घटे



काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २८ सय अङ्कमुनि झरेको छ । सामान्य उतारचढावका बाबजुद अघिल्लो दिनको तुलनामा नेप्से ३८. ४५ अङ्कले घटेको छ । सो अङ्क झरेसँगै परिसूचक २७७६ अङ्कमा कायम भएको हो ।

कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १ अर्ब ८ करोडले कमी आएको छ । हिजो (मंगलबार) ५ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब ३१ करोडमा सीमित भयो । जम्मा १५ कम्पनीको सेयर मूल्य बढ्यो भने १७० को घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै उपसमूह घटेका छन् । बैङ्किङ २२, विकास बैङ्क ८४, फाइनान्स ५९, होटल तथा पर्यटन १५, जलविद्युत् ५२, जीवन बीमा २९८, उत्पादन ५४, लघुवित्त ६३, निर्जीवन बीमा १४६, अन्य २४ र व्यापार उपसमूह २९ अङ्कले घटे ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । सो मूल्य बढेपछि विन नेपालको प्रतिकित्ता १२१६.६० तथा बुद्धभूमिको ४६३.२० कायम भएको छ । अपी पावर, अरुणभ्याली, माथिल्लो तामाकोसी, एचआईडीसीएल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा क्रमशस् अगाडि रहे ।