राष्ट्रिय सभा सदस्यमा माओवादी उम्मेदवार उर्मिला अर्याल विजयी

राष्ट्रिय सभा सदस्यमा माओवादी उम्मेदवार उर्मिला अर्याल विजयी



काठमाडौं । मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । उनी पाँच दलीय सत्ता गठबन्धनकातर्फबाट साझा उम्मेदवार बनेकी थिइन् । अर्यालले ६ हजार १५६ मतभार पाइन् । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने मतदानमा उपस्थित भएनन् । मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको थियो ।