रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल

रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल



काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिले यही ७ माघमा स्वीकृति दिएसँगै पोखरेल आजैबाट लागू हुने गरी सीईओ बनेको कम्पनीले जनाएको छ।

कम्पनीको गत १४ पुसमा बसेको सञ्चालक समिति बैठकले पोखरेललाई उक्त पदमा नियुक्तिका लागि छनोट गरेको थियो । रिलायन्स लाइफमा आउनुअघि उनले चार्टर्ड एकाउन्टेन्ट फर्म आरपीएलएस एन्ड एसोसिएट्सको नेतृत्व सम्हालेका थिए।

उनले यसअघि भने आईएमई लाइफ इन्स्योरेन्स, सूर्या लाइफ, प्राइम लाइफलगायतका कम्पनीमामा काम गरिसकेका छन्। उनी सन् २००९ मा भारतको आईकाईबाट सीए बनेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने भारत र नेपाल दुवै देशका सीए सदस्य हुन्।