पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,९२४ जना संक्रमणमुक्त भएका छन् ।

तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।