पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु



काठमाडौं, १६ माघ । नेपाल पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ । पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको उनले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ । १३ माघदेखि १६ माघसम्मको चारको मृत्युको संख्या थप ३२ जना प्राप्त भएको मन्त्रालयकी प्रवक्ता मिश्रले जानकारी दिइन् ।

मतदान गर्न

बाँकी