प्रहरीमा तीन एआईजी थप्ने सरकारको निर्णय

प्रहरीमा तीन एआईजी थप्ने सरकारको निर्णय



काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन एआईजी थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले नेपाल प्रहरीमा तीन एआईजी थपेर आठ जना पुर्‍याउने निर्णय गरेको हो । नेपाल प्रहरीमा हाल पाँचजना एआईजी रहेका छन् ।

अहिले एआईजीको दरबन्दी थप भएपछि बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी हुन् ।