म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै

म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै



लन्डन । इंग्लिस प्रिमियर लिग फूटबलमा म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै छ । आफ्नो पछिल्लो खेलमा शीर्ष स्थानको सिटीले ब्रेन्टफोर्डमाथि २–० को जित निकालेको हो । इतिहाद रंगशालामा सिटीका लागि ४०औं मिनेटमा रियाद महरेजले पेनाल्टीमार्फत गोल गरे ।

त्यसपछि ६९औं मिनेटमा केभिन डी ब्रुनीले सिटीको अग्रता दोब्बर पारेका थिए । जितसँगै सिटीले आफ्नो अग्रता १२ अंकले बढाएको छ । सिटीले २४ खेलबाट ६० अंक जोड्दा दुई खेल कम खेलेको लिभरपुल ४८ अंकसहित दोस्रो स्थानमा छ ।

चेल्सी भने ४७ अंक जोड्दै तेस्रो स्थानमा छ । लीग अन्तर्गत नै गएराति साउथह्याम्टनले टोटेनह्यामलाई ३–२ ले हरायो । उता एष्टन भिल्ला र लिड्सले ३–३ तथा क्रिष्टल प्यालेस र नर्विच सिटीले ११ गोलको बराबरी खेले ।