ऐरीको उत्कृष्ट पारीका कारण नेपालको ओमानमाथि रोमाञ्चक जित

ऐरीको उत्कृष्ट पारीका कारण नेपालको ओमानमाथि रोमाञ्चक जित



काठमाडौं । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानलाई ६ विकेटले पराजित गरेको छ । नेपालले १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो ।

दीपेन्द्रसिंह ऐरीले अविजित अर्धसतक बनाएपछि नेपालले जितेको हो । दिपेन्द्रले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । टी–ट्वान्टीमा दिपेन्द्रको सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए ।

आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन प्रहार गरे । ओमानका कलिमुल्लाहले २ विकेट लिँदा खवार अलीले १ विकेट हात पारे । ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५–६ को स्कोर बनाएको थियो । ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रन जोडे ।

९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे । नेपालले शनिबार युएईसँग खेल्ने छ ।