युएइसँग नेपाल २५ रनले पराजित

युएइसँग नेपाल २५ रनले पराजित



काठमाडौं । चारदेशीय टी– २० शृंखलाको दोस्रो खेलमा नेपाल सयुक्त अरब इमिरेट्स (यूएई) सँग २५ रनले पराजित भएको छ । युएइले दिएको १ सय ९३ रनको चुनौति नेपालले निर्धारित २० ओभरमा १ सय ६७ रन मात्र बनाउन सक्यो । चार विकेट गुमाएर नेपालले उक्त जोडेको हाे । खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरले सर्वाधिक ४१ रनको योगदान दिएका थिए ।

नेपालका लागि ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले २२ तथा आसिफ सेखले ३४ रनको योगदान दिएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक अवसर पाएका लोक बमले २१ बलमा ३३ रनको योगदान दिए पनि जीतका लागि पर्याप्त भएन ।

त्यसअघि तीन विकेटको क्षतिमा युएइले १ सय ९२ रन जोडेको थियो । नेपालका लागि साहेब अलाम, असिफ सेख र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।