ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई ‘भ्यालेन्टाइन डे’ क्यासब्याक अफर

ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई ‘भ्यालेन्टाइन डे’ क्यासब्याक अफर



काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले ‘भ्यालेन्टाइन डे’को विशेष अवसरमा बैङ्कका ग्राहकहरूलाई क्युआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ । बैङ्कका ग्राहकले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना प्रियपात्रहरूसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ र २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्युआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक पाउने छन् ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैङ्कको २८७ शाखा, २५२ एटिएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।