चेल्सीलाई पहिलो फिफा क्लब विश्वकप

चेल्सीलाई पहिलो फिफा क्लब विश्वकप



लन्डन । इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।

यस संगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ । अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।