हिसिला यमी समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउँदै

हिसिला यमी समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउँदै



काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र विवाद चर्किंदै जाँदा हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुटेकी छिन् ।

उनको पति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेको बेला यमीले भने ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने प्रयासमा जुटेकी हुन् । त्यसका लागि गृहकार्य गरीरहेकी नेतृ यमीले भने यसवारे कुनै प्रतिक्रिया दिन मानिनन् ।

‘पत्रकारहरूले पनि के के थाहा पाउँछन, पाउँछन ? म यसबारे केही बोल्दिनँ,’ यमीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् । नेतृ यमी जसपा नेपालकी कार्यकारिणी सदस्य छिन, जो अध्यक्ष यादवको विरुद्धमा पार्टीभित्र संघर्ष गरिरहेकी छिन् ।