धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।