मोडलको दाँतलाई प्रशंसकको २४ लाख रुपैयाँ

मोडलको दाँतलाई प्रशंसकको २४ लाख रुपैयाँ



काठमाडौं । अमेरिकाकी एक मोडलको उनको एकजना प्रशंशकले एउटा दाँतको मूल्य २४ लाख तोकेका छन् ।

एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् । एलीका एक प्रशंसकले उनको दाँत मागेका थिए । बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार ती प्रशंसकलाई एलीको दाँत निकै मन परेको थियो । दाँतका लागि ती व्यक्ति एलीलाई मोटो रकम तिर्न समेत राजी भए र उनले दाँत किन्ने जिद्धि गरे ।

उनले एलीको एउटा दाँतको मुल्य २४ लाख तोके । त्यतिमात्रै नभई दाँत झिक्नका लागि र अर्का नयाँ दाँत बनाउन पनि ती व्यक्ति सबै खर्च समेत व्यहोर्न राजी भए । आफ्नो प्रशंसकको यो कुरा सुनेपछि एली स्तब्ध भइन र उनले यो प्रस्ताबलाई तुरुन्तै अस्वीकार गरिन् । तर पनि ती प्रशंसको अगाडि भने उनले हाँसेरै व्यवहार गरिन् ।

१५ वर्षसम्म नर्सको काम गरेकी एलीले आफ्ना श्रीमानसंग एडल्ट कन्टेन्टमा पनि शूटिङ गर्ने गरेकी छिन् । एलीले केही वर्षदेखि नयाँ पेसा छानेकी हुन् । उनले महिनाको लाखौ रुपैयाँ कमाउने गरेकी छिन् ।