लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप

लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप



काठमाडौं । नेपालमा लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

खोप अभियान सुरु भएयता लक्षित वर्गका ७८ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकिएको मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिइन । हालसम्म १ करोड ७६ लाख ६४ हजार ५ सय १६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

सरकारले यही चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको पुरा मात्रा खोप लगाइसक्ने लक्ष्य राखेको समेत प्रवक्ता डा. मिश्राले जानकारी गराइन । यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।