पूर्वपत्नी एन्जेलिनाविरुद्ध ब्राडको मुद्दा

पूर्वपत्नी एन्जेलिनाविरुद्ध ब्राडको मुद्दा



लस एन्जलस । हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलविरुद्ध सम्बन्ध झन् बिग्रिएको छ । सन् २०१६ सेप्टेम्बरमा दम्पत्य सम्बन्धबाट अलग भइसकेका यी जोडीबीच पछिल्लो समय सम्पत्तिका कारण तनाव बढिरहेको थियो । अहिले आफूलाई जानकारी नदिई आफ्नो सेयर अरूलाई बेचेको भन्दै अभिनेता ब्राड पतिले पूर्वपत्नी एवं अभिनेत्री एन्जेलिना जोलीविरुद्ध मुद्दा दायर गरेका छन् । यो विषयमा अदातलले कारण देखाउन अभिनेत्री एन्जेलिनालाई निर्देशन दिएको छ । उनले यो मुद्दा आफ्नो वकिललाई जिम्मा लगाएकी छन् ।

यो विषयमा त्यो सेयर ब्राड पिडले आफ्नो सन्तानलाई छाडेका कारण त्यसमाथि आफ्नो अधिकार भएको अभिनेत्री एन्जेलिनाको दाबी छ । सेयर २०२१ जुलाईमा आफूले बेचेको अभिनेत्री एन्जेलिनाले बताएकी छन् । यी दुई ११ वर्षसँगै बसेका कानुनी रूपमा छुट्टिएका हुन् । यी दुईका आफ्ना र धमपुत्र गरेर ६ जना सन्तान छन् । सन्तानको रेखदेख अहिले एन्जेलिनाले गरिरहेकी छन् ।

एजेलिना र ब्राडले सँगै रहँदा केही समयअघि फ्रेन्च वाइनरीको सेयर किनेका थिए । त्यही सेयर यतिबेला आफूलाई जानकारी नदिई एजेलिनाले बेचेको भन्दै उनीविरुद्ध ब्राडले आफ्नो सम्पत्तिमाथिको अधिकारको मुद्दा दायर गरेका हुन् ।

सो कम्पनीको सेयर आफूहरूले सन् २००८ मा किनेको र सेयरबाट राम्रो आम्दानी पनि भएको ब्राडले आफ्नो मुद्दा पत्रमा उल्लेख गरेका छन् । एन्जेलिनाले सन्तानको सेयर भने पनि आफूहरूबीच एकअर्काको सहमति बिना यो सेयर बेच्न नपाउने सम्झौता भएको पनि ब्राडले बताएका छन् ।