यी मोडेलको दुखः बेग्लै

यी मोडेलको दुखः बेग्लै



बेलायतकी एक मोडलले अहिलेसम्म १ सय जना भन्दा बढीसंग डेटिङमा गएपनि प्रेमी छान्न नसकेको बताएकी छिन् । सन् २०२० मा बेलायतको ‘मिस ग्रेट’ बनेकी अप्रिल बनबरीले अहिले सम्म १ सय जनाभन्दा बढी केटाहरुसंग डेटिङमा गएपनि उनले प्रेमी छान्न नसकेकी हुन् ।बनबरी पेशाले मोडल हुन भने उनी विबाहमा लगाउने पहिरनको डिजाइन गर्ने काम पनि गर्छिन् ।

उनलाई विबाहको लुगा तयार गर्ने क्रममा विभिन्न बेहुलीहरुले भेट्छन् र प्रश्न गर्छन –‘तपाईले अहिलेसम्म किन विबाह नगर्नुभएको’? उनी त्यसको जबाफमा अहिले गर्दिन भनेर उत्तर दिने गर्छिन ।

बेलायती पत्रिका ‘द सन’का अनुसार उनी १ सय जनाभन्दा बढी केटाहरुसंग डेटमा जाँदा पनि मनपर्ने प्रेमी छान्न सकिनन् । जब उनी बाहिर जान्छिन्,उनीसँग कुरा गर्नका लागि कमै मान्छे आउने गर्दछन् । त्यसैले उनले प्रेमि खोज्नका लागि एउटा ‘डेटिङ एप’ को प्रयोग गरेकी थिइन् ।

उनले धेरै पटक आफ्नो डेटिङको कुरा सुनाउँदै आफू साँचो प्रेमको खोजीमा रहेको बताउने गरेकी छिन् । डेटिङको विषयमा उनले रमाइलो कुरा सुनाएकी छिन्– जब एकजना व्यक्ति उनको छेउमा आयो, त्यतिबेला रुघा लागिरहेको थियो, उसले लगातार हातले सिगान पुछिरहेको थियो । त्यस्तै एकचोटी एउटा केटासंग डिनर डेट गएको बेलामा केटाले आफुलाई खानाको बिल तिर्न लगाएपछि उनी त्यो डेटलाई बिचैमा छोडेर घर फर्किएकी थिइन् ।

उनी अहिलेसम्म पनि आफ्नो साँचो मायाको खोजिमा छिन् ।