सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो



काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा निर्धारण गरिएकाे छ ।

मतदान गर्न

बाँकी