राप्रपाको केन्द्रीय उपाध्यक्षमा गुरुङ मनाेनित

राप्रपाको केन्द्रीय उपाध्यक्षमा गुरुङ मनाेनित



लमजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय उपाध्यक्षमा लमजुङका हेमजङ गुरुङ मनोनित भएका छन् । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गुरुङलाई उपाध्यक्षमा मनोनित गरेका हुन् । मस्र्याङ्दी गाउँपालिका २, घनपोखरा घर भएका गुरुङले ३ दशक बढी राप्रपामा रहेर राजनीति र समाजसेवा गरेका छन् । संघीय संरचनासंगै राप्रपा गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पाइसकेका गुरुङलाई एकता महाधिवेशनपछि पार्टीले उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

गुरुङ यसअघि राप्रपाको सहमहामन्त्री र सहायक महामन्त्रीसमेत भइसकेका छन्। वि.संं २०४७ मा राप्रपाको पार्टी सदस्य लिँदै विद्यार्थी राजनीतिमा होमिएका उनले ईन्जिनियरिङ अध्ययन गरेका छन् । उनी राप्रपा युवा संघ जिल्लाको विभिन्न तहको जिम्मेवारी सम्हाल्दै २०५१ सालमा लमजुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।

२०५४ सालदेखि २०६३ सालसम्म राप्रपा लमजुङको अध्यक्षको जिम्मेवारी सम्हालेका गुरुङ २०५३ सालमा पहिलोपटक बेंसीसहर नगर विकास समितिको अध्यक्ष बनेका थिए । त्यस्तै, २०५४ सालमै बेंसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसमेत भएका छन् ।