पेट्रोल हालसम्मकै महँगो

पेट्रोल हालसम्मकै महँगो



काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पेट्रोलको मूल्यले भने अहिलेसम्मकै इतिहास तोडेको छ । निगमले पछिल्लोपटक पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन÷तीन रुपैयाँ वृद्धि गर्दा काठमाडौं उपत्यकाको हकमा पेट्रोलको मूल्य १ सय ४२ रुपैयाँ पुगेको छ । यो मूल्य निगमको इतिहासमै सबैभन्दा बढी हो । यसअघि २०७० सालमा प्रतिलिटर पेट्रोल १ सय ४० रुपैयाँ पुगेको थियो ।

निगमले १ फेब्रुअरी अर्थात् मंगलबार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको मूल्य विश्लेषण गरी पेट्रोलियम पदार्थको नयाँ मूूल्य निर्धारण गरिएको जनाएको छ । जसअनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँ पुगेको छ । हवाई इन्धनको पनि मूल्य बढेको छ । हवाई इन्धनमा आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १५ रुपैयाँ पु¥याइएको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर १ सय डलर वृद्धि गरी १ हजार ९५ डलर कायम गरिएको छ