छनाेट खेलमा अर्जेन्टिना र उरुग्वे विजयी

छनाेट खेलमा अर्जेन्टिना र उरुग्वे विजयी



कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिना र उरुग्वे विजयी भएका छन् । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १-० ले पराजित गरेकाे हाे । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरे ।

जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ । बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४-१ अन्तरले पराजित गरेकाे छ । जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ ।

ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।