टेलिकमले घटायो अन्तर आबद्धता शुल्क

टेलिकमले घटायो अन्तर आबद्धता शुल्क



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई बर्ष अगाडि जारी गरेको अन्तर आबद्धता शुल्क निर्देशिका कार्यान्वयनमा आएसँगै नेपाल टेलिकमले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ । नेपाल टेलिकमले २०७८ माघ १८ गते देखि लागु गर्दै उक्त शुल्क घटाएको हो ।

नयाँ अन्तर आबद्धता कार्यान्वयन भएपछि एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम गरेको छ ।

त्यस्तै टेलिकम जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम भएको छ ।

त्यस्तै जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउदा प्रति सन्देश एक रुपैयाँ १० पैसा लाग्ने छ ।