बुर्किना फासोलाई हराउँदै सेनेगल फाइनलमा

बुर्किना फासोलाई हराउँदै सेनेगल फाइनलमा



बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा गएराति भएको पहिलो सेमिफाइनल खेलमा सेनेगलले बुर्किना फासोलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

सेनेगलको जितमा सादियो माने, अब्दु दियालो र इद्रिसा गुएले एक एक गोल गरे । पराजित टोली बुर्किना फासोका ब्लाती टुरेले एक गोल फर्काए । यो खेलमा गोल गरेपछि मानेले सेनेगलको लागि सर्वाधिक गोल गर्ने हेन्री कामाराको २९ गोलको किर्तीमान बराबरी गरेका छन् । फाइनलमा गोल गरेको खण्डमा मानेले राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने नयाँ किर्तीमान राख्नेछन् ।

अफ्रिका कप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज राति क्यामरुन र इजिप्ट भिड्नेछन् ।