पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २९६ पुगेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको छ ।

यता, २ लाख ६६ हजार ५४० जनाले कोभिडविरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ७३ लाख २ हजार ७८७ जनाले पहिलो मात्रा, १ करोड ४९ लाख २ठ हजार ८९८ जनाले दोस्रो मात्रा तथा ४ लाख ९४ हजार १५४ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।