लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रचनात्मक क्राउडसोर्सिङ ‘प्रो भर्जन’ प्रतियोगिता

लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रचनात्मक क्राउडसोर्सिङ ‘प्रो भर्जन’ प्रतियोगिता



लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागी अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि २० लाख रूपैयाँको कन्ट्र्राक्ट हात पार्नेछन् ।

यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूलमान्यताहरुमा आधारित रहेको छ- #Relationships, #Explorers, #Teamwork, #Responsible, #Progressive – जसको आधारमा बैंकले २० वर्षको यात्रा तय गर्न सफल भएको छ । सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ ।

यस विषयमा थप जानकारीका लागी लक्ष्मी बैंकको वेबसाइटमा हेर्न सकिनेछ । सो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको बैंकले जनाएकाे छ ।