सिद्धार्थ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

सिद्धार्थ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १८ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १२ करोड रहेको छ । प्रस्तावित १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

साथै, कम्पनीले १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयरका लागि कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांस समेत वितरण गर्नेछ । कम्पनीले कुल १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ लाभांश सेयरधनीलाई वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।