कृष्णनगरका मेयर, ३ वडाध्यक्ष सहित हजार जना कांग्रेस प्रवेश

कृष्णनगरका मेयर, ३ वडाध्यक्ष सहित हजार जना कांग्रेस प्रवेश



बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका छन् । उनी स्वतन्त्र उम्मेदवारका रूपमा नगर प्रमुखमा निर्वाचित भएका थिए ।

शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । नगरप्रमुख शाह सांसद शाहका नातेदार हुन् । अभिषेककै अग्रसरतामा रजत प्रताप कांग्रेस प्रवेश गरेको बुझिएको छ ।