पछिल्लो २४ घण्टामा थप १ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशभर ११ हजार ८०३ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घन्टामा ४७७१ जना कोरोना संक्रमित निको भएका छन्। हाल देशभर ५२ हजार ७८० जना कोरोनाका सक्रिय संक्रमित छन्।