सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा

सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा



लन्डन । म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो ।

तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्दै सहज जित निकाल्यो । अर्को खेलमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ अन्तरले पराजित गर्दै चेल्सी विजयी भयो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको आठौं मिनेटमा मेकोउले गिलेस्फेले गोल गर्दै भ्रमणकारी टोली प्लेमाउथलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर कप्तान सेजर एज्पिलिक्वेटा र मार्कोस अलन्सोले गोल गर्दै चेल्सीलाई जित दिलाए । यस्तै टोटनहमले ब्राइटनलाई ३-१ ले पराजित गर्यो । टोटनहमको जितमा ह्यारी केनले दुई गोल गरे भने एक गोल आत्माघाती पायो । अर्को खेलमा फ्रान्क लाम्पार्टले म्यानेजरको रुपमा सुखद सुरुआत गर्दा एभर्टनलले ब्रेन्टफोर्डलाई ४-१ अन्तरले पराजित गर्यो ।

सिरी ए रोमान्चक बन्दै
शीर्ष स्थानको इन्टर मिलानलाई २-१ अन्तरले पराजित गर्दै एसि मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ । पराजित इन्टर २३ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा कायम छ । २४ खेलबाट ५२ अंक बनाएको एसि मिलान दोस्रो स्थानमा छ ।

शनिबार राति भ्रमणकारी टोली एसि मिलानको पुनरागमन जितमा ओलिभियर जिराउडले महत्त्वपूर्ण दुई गोल गरे । यस अघि घरेलु टोली इन्टरका इभान पेरिसिकले अग्रता बनाएपनी जितको लागि पर्याप्त रहेन । खेलको इन्जुरी समयमा थियो होर्नाण्डेजले रातोकार्डको सामना गर्दा एसि मिलान १० खेलाडीमा सिमित भएको थियो ।