मधेस प्रदेश सरकारमा एक राज्यमन्त्री थप

मधेस प्रदेश सरकारमा एक राज्यमन्त्री थप



जनकपुर, २३ माघ । मधेस प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट एक राज्यमन्त्री थप गरिएको छ । प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरिएको छ ।

नवनियुक्त राज्यमन्त्री यादवलाई आज प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ गराए । यसअघि गत मङ्सिर ५ गते एकीकृत समाजवादीबाटै उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव सरकारमा सहभागी भइसकेका छन् । योसँगै अब मधेस सरकारको मन्त्री मण्डल १४ सदस्यीय भएको छ । मधेस सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री भएका छन् ।