सोल्टीमोडमा खुल्यो हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन

सोल्टीमोडमा खुल्यो हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन



काठमाडौं । काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको प्रवेशद्वारमा हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन खुलेको छ । जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मांसपेसीको समस्यालाई मुक्त पार्न यो पार्लर खोलिएको व्युटिसियन रञ्जु थापाले बताएकी छन् ।

रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवं ब्युटिसियन सोनी काररन्जितले आइतबार श्रीपञ्चमीको अवसर पारेर थेरापी तथा ब्युटी सैलुनको शुभारम्भ गरेकी हुन् । नेपालमै उत्पादिक जैविक महबाट थेरापी गरेर नशा र मांसपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने सोनीले बताइन् ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यवसायको लागि शुभकामना दिए ।

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधि जन्य सामग्री निर्माण गर्दै आएको एपी लाइफबाट थेरापीसम्बन्धी पूर्ण प्रशिक्षण लिएपछि आफूले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रञ्जुले जानकारी गराइन् । महबाट मसाजसँगै ब्युटिसियनसम्बन्धी सम्पूर्ण सुविधा आफूहले प्रदान गर्ने पनि उनले बताइन् ।