सानेपामा कांग्रेस पदाधिकारी बैठक

सानेपामा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बैठक सुरु भएको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

बैठकमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे छलफल हुँदैछ । कार्यसम्पादन समितिको बैठकमा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

यिनै विषयवस्तुमा आजको पदाधिकारी बैठकमा छलफल गर्ने एक पदाधिकारीले जानकारी दिए । बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित छैनन् । कांग्रेस पदाधिकारीमा एक सभापति, दुई उपाध्यक्ष, दुई महामन्त्री, सात सहमहामन्त्री, पार्टी प्रवक्ता छन् । कांग्रेसमा पदाधिकारी हैसियतमा रहेका कोषाध्यक्ष पद भने खाली छ ।