यसिमालाई मिस ब्युटिफुल र रोजिनालाई मिसेस ब्युटिफुलकाे उपाधि

यसिमालाई मिस ब्युटिफुल र रोजिनालाई मिसेस ब्युटिफुलकाे उपाधि



काठमाडौं । राजधानीमा एकसाथ एकै मञ्चमा सम्पन्न अविवाहित र विवाहित युवतीबीचको सौन्दर्य प्रतियोगितामा यसिमा मल्ल ठकुरी ‘मिस ब्युटिफुल नेपाल २०२२’ र रोजिना अधिकारी ‘मिसेस ब्युटिफुल नेपाल २०२२’ विजेता बनेका छन् । यसिमाले ‘मस्ट आइकनिक आइज’ तथा रोजिनाले ‘मस्ट ट्यालेन्टेड’ र ‘युट्युब मस्ट भ्युज’ उपाधि जिते ।

दक्ष इन्टरनेसनलले राजधानीमा आयोजना गरेको अविवाहित युवतीहरुबीचको सातौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल २०२२’ मा अनिता खत्री (निसो) ‘फस्ट रनर अप’सँगै ‘मस्ट पपुलर’ र ‘मस्ट पञ्चुअल’, खुश्बु अग्रवाल ‘सेकेण्ड रनर अप’सँगै ‘युट्युब मस्ट भ्युज’ र ‘वेस्ट स्कीन’ तथा अन्शु अर्याल ‘थर्ड रनर अप’सँगै ‘मस्ट डिसिप्लेन’ घोषित भए ।

प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल २०२२’ मा विधागततर्फ विनिता राना ‘वेस्ट ¥याम्पवक’ र ‘फेसन आइकन’, शिल्पा बजिको ‘वेस्ट स्माइल’ र ‘मल्टी मिडिया च्वाईस’, नम्रता अधिकारी ‘मस्ट फोटोजेनिक’, उर्मिला बस्नेत ‘वेस्ट ट्यालेन्ट’, उषा घिमिरे ‘वेस्ट डान्सर’, माया पाण्डे ‘मस्ट एक्टिभ’, अस्मिता बखरेल ‘वेस्ट फिजिक’, गीता प्रसाईं ‘वेस्ट पर्सनालिटी’ र रञ्जना शाही ‘वेस्ट हेयर’ बने ।

छैठौं संस्करणको विवाहित महिलाबीचको ‘मिसेस व्युटिफुल नेपाल २०२२’ मा माया श्रेष्ठ (मतिना) ‘फस्ट रनर अप’सँगै ‘वेस्ट ¥याम्पवक’ र ‘वेस्ट डान्सर’, इन्दु कुँवर ‘सेकेण्ड रनरअप’ र ‘मस्ट पपुलर’सँगै ‘मस्ट पञ्चुअल’, सुनीता शाह ठकुरी ‘मेनेजमेन्ट च्वाइस’ तथा ‘वेस्ट स्माइल’, सुमित्रा बज्राचार्य ‘मस्ट डिसिप्लेन्ड’ र कल्पना पासवान ‘मस्ट फोटोजेनिक’मा अब्बल बने ।

कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको कार्यक्रममा कलाकार उत्तम केसी, प्रेम पाण्डे र करुणा पाण्डे, निर्देशक कल्याण अधिकारी, कोरियोग्राफर अश्विनी झा, सौन्दर्यकर्मी रचना शाक्य, रेणु शाक्य र गीता पौडेल तथा इभेन्ट आयोजक अश्विनी झालाई सम्मान गरिएको थियो ।