हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८५ पैसा र बिक्री दर १३५ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १४ पैसा र बिक्री दर १६१ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५४ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ सात पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया पाँच पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८७ पैसा र बिक्री दर ३३ रुपैयाँ चार पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम भएको छ ।