ट्रेलरमा आयो ‘हेल्लो जिन्दगी’

ट्रेलरमा आयो ‘हेल्लो जिन्दगी’



काठमाडौं । यस अघि रिलिजको तयारी भएर पनि अड्किएको चलचित्र हेल्लो जिन्दगी अब ११ चैत्रमा रिलिज हुने भएको छ । यो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले सोमबार ट्रेलर रिलिज गरेको छ । ट्रेलरमा लभ, रोमान्स, एक्शन, कमेडी प्रस्तुत गरिएको छ ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अभिनेता बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेतको मुख्य भूमिका रहेको छ । सत्य घटनाबाट प्रभावित यो चलचित्रको अधिकांश छायांकन बेलायत गरिएको हो ।

यो चलचित्रलाई सूर्य बोहराले निर्देशन गरेका हुन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा र अभिमन्यु निरवीको पटकथा, सम्वाद रहेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत, बिष्णु देवाको कोरियोग्राफी रहेको छ । यो चलचित्रमा अत्याधीक भिएफएक्स प्रबिधिको उपयोग गरिएको छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, मित्र डि.गुरुङको सम्पादन रहेको छ ।

फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसार्इँ, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग,जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको मुख्य भूमिका छ । महंगो बजेटमा निर्माण भएको यो फिल्मको निर्मातामा बिक्रम डि जोशी र हिराल जोशी हुन् । कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सहनिर्मात्रीमा सबिता गुरुङ छन् ।