फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १५० रुपैयाँ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १५० रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

मतदान गर्न

बाँकी