बढ्यो आन्तरिक हवाई भाडादर, कहाँकाे कति ?

बढ्यो आन्तरिक हवाई भाडादर, कहाँकाे कति ?



काठमाडौँ । आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो ।

बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ । नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।