ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते



धनुषा । धनुषामा बालुवा बोकेको ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । ट्याक्टरको ठक्करबाट कमला नगरपालिका ४ का ४५ वर्षीया लिलादेवि अरगरियाको घटनास्थलमै मृत्यु भएको हो । सो दूर्घटनामा ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएकी छन् ।

दुवैलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको धनुषा प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका ४ मा ज.१ त ७१५८ नम्बरको ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।