नेप्सेमा ३० अंककाे गिरावट, कारोबार रकमसमेत घट्यो

नेप्सेमा ३० अंककाे गिरावट, कारोबार रकमसमेत घट्यो



काठमाडौं । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ ।

सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकम बराबरको कारोबार भएकोमा बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बुधबार दुई सय २९ कम्पनीको सेयर किनबेच भएको थियो । एक सय ९४ कम्पनीका सेयरधनीले रकम गुमाएका छन् भने जम्मा २९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।