संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु



संखुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका ६ को पुलुङस्थित सात घुम्तिमा दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ हाम्रा संखुवासभास्थित सम्वाददाताले जनाएका छन् । सो दुर्घटनामा परी धेरै यात्रुको ज्यान गएको आशंका गरिएको छ ।

स्थानीयका अनुसार करिब २० जना यात्रु बोकेर गुडेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा कतिजनाको ज्यान गयो भन्ने बिवरण संकलन भइरहेको छ । क्षतिको बिवरण आईनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुबेदीले बताए ।