प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित



काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधवार बस्ने भएको छ । एमालेको अवरोधबिच आइतबार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन,२०७८’ पेस गरेका थिए ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग प्रस्ताव पनि आजको संसद्मा पेस भएको छ । उक्त प्रस्तावमाथिको छलफल बुधवार दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।