यार्सागुम्बा टिप्नेको कथामा ‘हाम्रो स्वर्ग’

यार्सागुम्बा टिप्नेको कथामा ‘हाम्रो स्वर्ग’



काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । फिल्मको छायांकन चैतको अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ ।

कर्णाली प्रदेशको भेषभूषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा वास्तविक कथालाई चित्रण गर्ने निर्माण पक्षले जनाएको छ । फिल्म कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।
एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानको संगीत र रामकृष्ण बुड्थापाको कथा रहनेछ ।