संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिस

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिस



काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार आज राती १२ बजेबाट लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गरेको हो । गत भदौ २३ मा सुरु भएको संसद अधिवेशन एमालेले लगातार अवरुद्ध गर्दै आएको थियो ।