लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा शीर्ष नेतृत्वलाई

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा शीर्ष नेतृत्वलाई



काठमाडौं । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा काँग्रेस र माओवादी केन्द्रले शीर्ष नेतृत्वलाई सुम्पिएका छन् । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच काँग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएकोथियो । कुलप्रसाद केसी मुख्यमन्त्री बनेको गत फागुन १२ गते आठ महिना पूरा भएको छ ।

आलोपालो सहमतिअनुसार अब काँग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हो । राजनीतिक कोर्ष पहिलेको जस्तो नभएकाले प्रक्रिया लम्बिएको बताईएको छ । सहमति कार्यान्वयन हुने हो भने काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने जनाईएको छ । तर, मुख्यमन्त्री केसीले भने सरकार फेरिँदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन गर्ने पक्षमा आनाकानी गरिरहेका छन् ।

मुख्यमन्त्री केसीले काँग्रेसलाई थप केही मन्त्री दिएर भए पनि मनाउने प्रयास गरिरहेको बताईएको छ ।