नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै


ग्लोब नेपाल
108
Shares

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र घरेलु टोली युएईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो भने युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई नै ७ विकेटले हराएको थियो ।

नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ ।