लेटाङ नगरपालिकाका केही क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु

लेटाङ नगरपालिकाका केही क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु


ग्लोब नेपाल
216
Shares

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । हिजो भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

उनले लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही क्षेत्रसहित मोरङ्गी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको जानकारी दिए ।

हिजो लेटाङ नगरपालिका वडा नं. ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको थियो भने करिब ३ दर्जन प्रहरी र विद्यार्थीहरु घाइते भएका थिए । यौन दूर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा केही सेल अश्रु ग्याँस र हवाई फायर समेत गरिएको थियो ।