आज नेपाल र पपुवा न्युगिनी खेल्दै

आज नेपाल र पपुवा न्युगिनी खेल्दै


ग्लोब नेपाल
189
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई क्रिकेट रङ्गशालामा हुने नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा सुरु हुनेछ । नेपालले यसअघि पीएनजीविरुद्ध तीन एकदिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ ।

यूएई सिरिजमा नेपाल तथा पीएनजीको अन्तिम खेल हो । अन्तिम खेलमा दुवै टोली जितका साथ सिरिज अन्त्य गर्न चाहन्छन् । यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ ।

दुवै खेल नेपालले यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो । लिग दुईमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अङ्क बनाएर तालिकाको छैटौं स्थानमा छ ।