उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धकाे रिटमा सुनुवाइ हुँदै

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धकाे रिटमा सुनुवाइ हुँदै


ग्लोब नेपाल
216
Shares

काठमाडाैं । स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयाेगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ ।