एनआरएनएमा सहमति: विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा स्वागत

एनआरएनएमा सहमति: विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा स्वागत

‘संघमा उत्पन्न पछिल्लो संकट समाधान भएको सुखद खबरले हामी अत्यन्त उत्साहित भएका छौं’- नेपाली जनसम्पर्क समिति


ग्लोब नेपाल
1088k
Shares

काठमाडौं । फुटको संघारमा उभिएको गैरआवासीय नेपाली संघमा भएको सहमतिलाई विश्वभरका नेपाली जनसम्पर्क समितिले स्वागत गरेको छ । विश्वभरका ३४ वटा जनसम्पर्क समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघमा उत्पन्न पछिल्लो संकट समाधान भएको सुखद खबरले हामी अत्यन्त उत्साहित भएका छौं।’ एनआरएनका जिम्मेवार पक्षले एकता र भाइचाराका लागि हार्दिकतापूर्वक देखाएको यो समझदारीको नेपाली जनसम्पर्क समिति स्वागत गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सहमतिका लागि वातावरण निर्माण गर्ने र संघलाई थप मजबुत बनाउन एकताबद्ध भएर अघि बढ्न प्रतिबद्धता जनाउने सम्बन्धित सबै पक्षलाई हामी धन्यवाद ब्यक्त गर्दछौं।’

सोमवार नै नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टको समन्वयमा समितिका सबै सभापतिहरुको संयुक्त बैठक बसी एनआरएनभित्रको विवाद समाधानका लागि पहल गर्ने पार्टी नेतृत्व र सम्बन्धित सबैलाई समितिले धन्यवाद दिने निर्णय गरेको छ ।

नेपाली जनसम्पर्क समिति,परिवार गैरआवासीय नेपाली संघसंग हातेमालो र सहकार्य गर्दै आम प्रवासी नेपालीहरुको हक,अधिकारको सुरक्षा र समुन्नतिका लागि काम गर्न सधैं तयार रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति जस्ताको त्यस्तै

संयुक्त प्रेस बिज्ञप्ती !!!

मिति: मार्च २२,२०२२

विश्वभर छरिएर रहेका आम गैर आवासीय नेपालीहरुको प्रतिनिधिमूलक संस्था गैर आवासीय नेपाली संघमा उत्पन्न पछिल्लो संकट समाधान भएको सुखद खबरले हामी अत्यन्त उत्साहित भएका छौं।

हाम्रो पार्टी नेपाली कांग्रेसका श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाले मार्गदर्शन गर्नु भएको सहमति,सहकार्य र आपसी एकताको मूल भावनालाई सम्मान गर्दै एनआरएनका जिम्मेवार पक्षले एकता र भाइचाराका लागि हार्दिकतापूर्वक देखाएको यो समझदारीको नेपाली जनसम्पर्क समिति स्वागत गर्दछ ।

संघभित्रका आन्तरिक विषयलाई यस्तै समझदारी र सहकार्यको भावनाबाट समाधान गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ। विभाजनको संघारमा पुग्न लागेको एनआरएनको यो संकटलाई समाधान गर्न हाम्रो पार्टीका श्रद्धेय सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउबाज्यूको निर्देशनमा पार्टी उपसभापति आदरणीय श्री पूर्णबहादुर खड्काज्यू,महामन्त्री श्री गगन थापाज्यूलगायतकानेताहरुले गर्नु भएको समन्वयात्मक र निर्णायक पहलकदमीको हामी उच्च सम्मान गर्दछौं। सहमतिका लागि वातावरण निर्माण गर्ने र संघलाई थप मजबुत बनाउन एकताबद्ध भएर अघि बढ्न प्रतिबद्धता जनाउने सम्बन्धित सबै पक्षलाई हामी धन्यवाद ब्यक्त गर्दछौं।

विभाजनमा होइन,एकतामा नै हाम्रो लक्ष्य प्राप्ती हुन्छ र प्रवासमा रहेका आम नेपालीहरुको हित र अधिकारको रक्षाका लागि एकताबद्ध हुनुको विकल्प नरहेको भन्दै हामी विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले यही मार्च १५ तारिखका मितिमा एक संयुक्त बैठक गरी सम्भावित विभाजन रोक्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको पनि स्मरण गराउन चाहन्छौं।

एनआरएनभित्र देखिएको असहज अवस्थाले आम सदस्य र हामी सबै चिन्तित भएको परिस्थितिमा आज सोमवार हामीले नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति श्री आनन्द विष्टज्यूको समन्वयमा समितिका सबै सभापतिहरुको संयुक्त बैठक बसी एनआरएनभित्रको विवाद समाधानका लागि पहल गर्ने हाम्रो पार्टी नेतृत्व र सम्बन्धित सबैलाई धन्यवाद दिने निर्णय समेत गरेको छ।

हामी पुन: एकपटक एनआरएन भित्रको असहज परिस्थितिलाई समाधान गर्न पहल गर्ने र यसका लागि लचकता देखाउने सबैलाई धन्यवाद व्यक्त गर्दछौं। साथै नेपाली जनसम्पर्क समिति,परिवार गैर आवासीय नेपाली संघसँग हातेमालो र सहकार्य गर्दै आम प्रवासी नेपालीहरुको हक,अधिकारको सुरक्षा र समुन्नतिका लागि काम गर्न सधैं तयार रहेको समेत प्रष्ट पार्दछौं।
धन्यवाद
जय नेपाल।

तपसिल
१) आनन्द बिष्ट – सभापति, नेजस,अमेरिका
२) बालकृष्ण पाण्डे – सभापति, नेजस, भारत
३) बुद्धिप्रकाश वली – सभापति, नेजस क्यानडा
४) युवराज गुरुङ – सभापति, नेजस युके
५) भुवानीप्रसाद तिमल्सिना – सभापति, नेजस युएइ
६) सीता अर्याल – सभापति, नेजस साईप्रस
७) शिखर खड्का – सभापति, नेजस जर्मनी
८) पदम सुन्दर गुरुङ – सभापति, नेजस बहराइन
९) अर्जुन थापा – सभापति, नेजस साउदी अरब
१०) मोहम्मद अजिज अली – सभापति, नेजस कतार
११) राजेन्द्र रसाईली बिरही – सभापति, नेजस कुवेत
१२) शालिक चापागाई -सभापति, नेजस ओमान
१३) दिपिका भुषाल – सभापति, नेजस इजरायल
१४) पुर्ण तिमिल्सिना – सभापति, नेजस बेल्जियम
१५) इन्द्र बस्नेत- सभापति, नेजस फ्रान्स
१६) जीवन सिँह कुँवर – संयोजक, नेजस अष्ट्रिया
१७) भजिन्द्र क्षेत्री – सभापति, नेजस कोरिया
१८) रोशन केसी – सभापति, नेजस जापान
१९) सन्देश केसी – सभापति, नेजस माल्टा
२०) शालिक गौतम – सभापति, नेजस नेदरल्याड
२१) सुरेश रानसिंह गुरुङ- सभापति, नेजस अष्ट्रेलिया
२२ जितेन्द्र शाही – सभापति, नेजस नर्वे
२३) यादब बस्नेत – सभापति, नेजस डेनमार्क
२४) चोलाकान्त पंगेनी – सभापति, नेजस मलेसिया
२५) नवीन थपलिया – सभापति, नेजस इटली
२६) अंकित ओली- सभापति, नेजस आयरल्याण्ड
२७) भिम परियार – सभापति, नेजस पोल्यान्ड
२८) चन्डी योङ्गया – सभापति, नेजस मकाउ
२९) सन्तोष श्रेष्ठ- सभापति, नेजस स्पेन
३०) बुद्धिसागर घिमिरे – सभापति, नेजस न्यूजिल्याण्ड
३१) वकील केसी – सभापति, नेजस पोर्चुगल
३२) श्याम सापकोटा- सभापति, नेजस स्वीटजरल्याण्ड
३३) चण्डी माकु – सभापति, नेजस, हंगकंग
३४) बालकृष्ण सापकोटा- सभापति, नेजस लक्जेम्बर्ग